दफा १९
वारुणयन्त्र तथा अन्य सेवा प्रदायक निकायको काम, कर्तव्य र अधिकार
(१) कुनै स्थानमा विपद् परेमा वारूणयन्त्र तथा अन्य सेवा प्रदायक निकायले सम्बन्धित स्थानीय विपद् व्यवस्थापन समितिलाई तत्काल सूचना दिनु पर्नेछ ।
(२) वारूणयन्त्र तथा अन्य सेवा प्रदायक निकायले आपत्‌कालीन खोज, उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिले दिएको निर्देशनको पालना गर्नु पर्नेछ ।
(३) आपत्‌कालीन कार्य सम्पादन गर्दा स्थानीय विपद् व्यवस्थापन समितिको आदेश बमोजिम कुनै पनि स्थानमा प्रवेश गर्ने तथा जुनसुकै व्यक्ति वा संस्थाको साधन र स्रोत उपयोग गर्ने अधिकार वारुणयन्त्र सेवा प्रदायक निकायलाई हुनेछ ।